रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

    रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । 

    images
    images

    यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो ।

    युक्रेनका अनुसार, राजधानी किभलगायत चारवटा अग्रपंक्ति क्षेत्रहरू लक्षित गरिएका थिए । युक्रेनी वायु सुरक्षाले तीमध्ये ६१ वटा ड्रोन खसाल्न सफल भएको जनाएको छ ।

    यो आक्रमण त्यही दिन भएको हो, जुन दिन अमेरिकाको अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच महत्त्वपूर्ण वार्ता सम्पन्न भएको थियो । 

    यद्यपि, सो वार्ताबाट युक्रेन युद्ध अन्त्यका विषयमा कुनै ठोस सहमति हुन सकेन ।

    रुसद्वारा सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको युक्रेन आक्रमण अहिलेसम्म पनि रोकिएको छैन र हजारौँ मानिसको ज्यान लिइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने वार्तापछि हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय