काठमाडौं/ फिटनेसलाई शिक्षाको रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्लासिक फिटनेस एकेडेमीले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी अर्थात् फिटनेस एक्स्पो, २०८२ आयोजना गर्दैछ ।
फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न क्लासिक फिटनेसको आयोजना तथा रिगल इभेन्टको व्यवस्थापनमा आगामी भदौ १४ गते होटेल मल्लमा एक्स्पो आयोजना गर्न लागिएको हो ।
क्लासिक फिटनेस एकेडेमीद्वारा प्रस्तुत गरिने नेपाल फिटनेस एक्स्पो, २०८२ नेपालकै पहिलो अन्तर्राष्ट्रियस्तरको फिटनेस प्रदर्शनी हो, आयोजक संस्था क्लासिक फिटनेस एकेडेमीका संस्थापक रोजल शाहीले भने, गर्वका साथ यो एक्स्पो घोषणा गरेका छौं । नेपाल फिटनेस एक्स्पो नेपाली फिटनेस उद्योगका लागि एक ऐतिहासिक अवसर हो।
यसले व्यवसाय, स्वास्थ्य र अन्तर्राष्ट्रिय पहुँचलाई एउटै मञ्चमा ल्याउनेछ, संस्थापक शाहीले बताए । नेपालमा फिटनेस भन्नेवित्तिकै आम मानिसको मानसपटलमा बडी बिल्डरहरूको मात्रै चित्र आउने गरेको तर, स्वस्थ जीवन जिउनु नै फिटनेस भएको स्पष्ट पारे ।
एक्स्पोमा के–के हुँदैछ ?
यो एक्स्पोमा नेपालमा फिटनेससम्बन्धी वस्तु तथा सेवा आयात गरी सप्लाइ गर्ने आधिकारिक संस्था र फर्महरूको उल्लेख्य सहभागिता रहने छ ।
फिटनेससँग सम्बन्धित विभिन्न किसिमका क्रियाकलापहरू फिटनेस लभरहरूलाई लक्षित गरेर पनि विभिन्न गतिविधिहरू गरिने छ। विभिन्न स्टलसहितको यो इभेन्टमा राम्रो, रमाइलो र पारिवारिक बनाउन मल्ल होटेल रोजिएको छ ।
किन हुँदैछ फिटनेस एक्स्पो ?
नेपालमा फिटनेसमा मार्केट धेरै ग्रोइङ भइरहेको छ। तर, बिजनेसवाइज हेर्ने हो भने स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरू, प्रोटिन सप्लिमेन्ट, इक्चेपमेन्टहरू मान्छेले भन्नेवित्तिकै किन्न पाइरहनु भएको छैन। त्यसका लागि आयोजना गर्नुपरेको आयोजकको दाबी छ ।
काठमाडौंमा ३०० को हाराहारीमा जिम सेन्टरहरू छन् । तर, आधिकारिक प्रोटिन सप्लिमेन्ट भने नेपालभरिमा जम्मा सातवटा मात्रै छन्। उनीहरुलाई यो इभेन्टमा इन्डोर्स गर्न लागिएको छ ।
यो इभेन्टमा नयाँ फिटनेस सेन्टर खोल्न चाहाने, ट्रेडमिल, क्रसप्रेनर वा फिटनेससँग सम्बन्धित कुनै बिजनेस गर्न मन भएकाहरूलाई बढि लाभदायक हुन्छ ।
यस्तैगरी एक्स्पोले मिट एण्ड रिड गराउनेछ । साथै भिजिटरहरूले विभिन्न स्टलका सामान हेर्न र छनोट गर्न पाउनेछन् ।
यो इभेन्ट भिजिट गर्न आउने अवलोकनकर्ताहरुले खाली हात जानुपर्दैन । त्यसका लागि फरक–फरक खालका क्रियाकलाप र खेलकुदका सेगमेन्टहरू राखिएको छ । फेसन शो र अन्य वर्कसपहरू पनि हुन गइरहेको छ। जसले इभेन्टको माहोललाई रमाइलो बनाउने अपेक्षा आयोजकले गरेका छ ।
जिम सेन्टर खोल्ने प्लान गर्नुभएको छ, नेपालमै वा विदेशका लागि पनि ट्रेनर बन्न मन छ, तपाईलाई सप्लिमेन्टको व्यापार गर्न मन छ वा काठमाडौँ उपत्यकाबाहिरबाट आएर काठमाडौंमा बसेर यो क्षेत्रमा केही गर्ने सोच बनाउनुभएको छ भने यो नेपाल फिटनेस एक्स्पो, २०२५ अतिउपयोगी हुन सक्छ।
व्यापारिक कोणबाट नेटवर्किङ निर्माण गर्न, चिनजान गर्ने, बिजनेस पोलिसीहरू लिन यो ठूलो मौका र अवसर नगुमाउन आयोजकले भनेको छ ।