कैलाली / सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी एकआपसमा ठोक्किँदा लम्कीमा दुर्घटना भएको छ। घटनामा दुबै सवारीसाधनमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
मंगलवार कैलालीको चिसापानीमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार छुट्टाछुट्टै गाडी लम्कीमा एकआपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपीं राजकुमार सिंहका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकआपसमा ठोक्किएका थिए।
ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा र से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टि क्षति पुगेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुबै मन्त्री सकुशल रहेको र उनीहरू चिसापानीको कार्यक्रममा सहभागी भएका थिए।