काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक ३१.५० अङ्कले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा आएको गिरावटसँगै आज नेप्से परिसूचक २९२२.६३ बिन्दुमा झरेको छ । बुधबार नेप्से २९५४.१४ बिन्दुमा रोकिएको थियो ।
यस दिन कुल ३१८ स्टकको १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ६.७१ अङ्कले घटेको छ । फ्लोट इण्डेक्स २.०७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.३६ अङ्कले घटेको छ ।
विहीबार वित्त सेक्टर १.१८ प्रतिशतले बढ्दा अन्य सबै सेक्टर राताम्मे बनेका छन् । जसमध्ये सबैभन्दा बढी व्यापार समूहको परिसूचक २.४४ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ्, हाइड्रोपावर, लगानी, जीवन बिमा र उत्पादन तथा प्रशोधन सेक्टरको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । अन्य समूहको परिसूचक भने आज १ प्रतिशतभन्दा कमले घटेको देखिन्छ ।
यसदिन पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ९४.८० रुपैयाँले बढेर १०४३.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य ७१.६१ रुपैयाँले बढेर ७८८.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कर्पोरेट विकास बैंकको सेयर मूल्य २०२.३३ रुपैयाँले बढेर २२३०.९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि प्रतिकित्ता १२३.७२ रुपैयाँले बढेर १३७१.३४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन भुगोल इनर्जी विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।
यस कम्पनीको सेयर मूल्य ७.१० प्रतिशतले घटेर ७९३.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । माइखोला हाइड्रो पवारको शेयर मूल्य ५.७० प्रतिशतले घटेर ८९१.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी सुपर सोलु हाइड्रो सेयर मूल्य प्रतिकित्ता ४.९४ प्रतिशतले घटेर ४९५.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।