काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिराजभक्त श्रेष्ठले खुल्ला क्षेत्रमा फलफूलका बोटहरू लगाउन सके फलफूलमा हुने आयात कम गर्न सकिने बताएका छन् । शनिबार रोटरी क्लबले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले फल दिने बिरुवा रोप्न जोड दिएका हुन् ।
उनले भने, “रोटरी क्लबले यो पटक फल दिने बिरुवाहरू रोपेको छ । नेपालमा फलफूल उत्पादनमा ह्रास भएर बाहिरी मूलुकबाट भित्राइएका भन्ने समाचारहरु आइरहेका छन् । खुल्ला क्षेत्रहरुमा फलफूलहरू रोप्न थालियो भने चराचुरुङ्गीले पनि खान पाउने र बिस्तारै बाहिरबाट भित्र्याउने सङ्ख्यामा पनि कमि हुन्छ । यस्ता कामहरुले सुक्ष्म रूपमा अर्थतन्त्रमा नै टेवा पुग्ने पुर्याउने देखिन्छ ।”
उनले खुल्ला क्षेत्र फल लिने विरुवाहरू रोप्दा पछि आयात निर्यातमा सन्तुलन हुनुका साथै अर्थतन्त्रमा टेवा पुर्याउने बताए । उनले सबैलाई खाली ठाउँमा फल दिने बिरुवाहरू रोपी शहरी हरियाली प्रवर्धन गर्न समेत आग्रह गरे ।