आज मिति वि.सं. २०८२ साल साउन ११ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, तृतीया तिथी, मघा नक्षत्र, आनन्दादिमा-मुद्गर योग, चन्द्रराशि-सिंह ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुझबुझयुक्त लगानीबाट व्यापार र सेयर बजारमा लाभ लिन सकिनेछ। कृषिप्रधान क्षेत्र र पशुपालनमा राम्रो आम्दानी हुने सङ्केत छन्। कार्यक्षेत्रमा सहयोग मिल्दा काम समयमै सम्पन्न हुनेछ। शैक्षिक र बौद्धिक क्षमतामा वृद्धि भई अवसर प्राप्त हुने सम्भावना छ। समयको सदुपयोग र मिहिनेतले आर्थिक प्रगति सुनिश्चित हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि, पशुपालन र भूमिबाट राहत दिने आम्दानीको सम्भावना छ। व्यवसायमा तत्काल लाभ कम भए पनि दीर्घकालीन योजना सफल हुने सङ्केत छन्। नयाँ अनुबन्ध गर्दा सजग रहनु आवश्यक छ। पहिलेका कमजोरी सुधार्न सकिने समय हो। शुभचिन्तकहरूको साथले महत्त्वाकांक्षी आर्थिक योजना अघि बढाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग, व्यापार र लेखनजस्ता पुरुषार्थी कर्ममा फाइदा मिल्नेछ। रोकिएका आर्थिक कामहरू पुनः प्रयास गर्दा सफल हुने सम्भावना छ। सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार बढेर अवसर सिर्जना हुनेछ। प्रतिस्पर्धीहरू सक्रिय भए पनि तपाईँको नाम अगाडि आउनेछ। न्यायिक पक्ष बलियो रहने हुँदा कारोवारमा सहुलियत मिल्नेछ। समय अनुकूल छ, प्रयत्न जारी राख्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वित्तीय बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ। आम्दानीका स्रोत विस्तार हुनेछन् भने दिगो फाइदाका लागि नयाँ सम्झौता गर्ने उपयुक्त समय हो। मिहिनेत र बोलीको प्रभावले प्रतिष्ठा र धन आर्जनमा सहयोग पुग्नेछ। भौतिक साधन प्राप्त हुने सम्भावना छ। चुनौतीहरू पार गरी काम सम्पन्न हुनेछन्, यात्रा र मनोरञ्जन पनि सम्भव छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले बौद्धिक र आर्थिक अवसर विस्तार हुनेछ। व्यापार तथा सेयर बजारबाट मनग्गे आम्दानी हुनेछ। नयाँ कामको प्रस्ताव र सहयोगीहरूको साथले फाइदा बढ्नेछ। पद प्राप्तिको सम्भावना बलियो देखिन्छ। पहिलाका कमजोरी सुधार्दै आर्थिक लाभ उठाउन सकिने समय हो। उपहार तथा सम्पत्तिले आत्मविश्वास बढाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चन्द्रमा खर्च भावमा भएकाले फजुल खर्च र उपचार खर्च बढ्नेछ। व्यापारमा अपेक्षित लाभ नहुन सक्छ, तर विदेशी सामानको व्यापार र लामो दुरीको यात्राबाट आम्दानीको सम्भावना छ। खर्चिला योजना भए पनि दीर्घकालीन लगानीका लागि उपयुक्त समय हो। विलासी वस्तुमा खर्च बढ्न सक्छ, तर सोचेर लगानी गर्दा भविष्यमा फाइदा मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पैतृक र प्राकृतिक स्रोतको उपयोगबाट आम्दानी वृद्धि हुनेछ। शिक्षा, सेवा तथा शेयर बजारमा लगानीबाट लाभ मिल्नेछ। भौतिक साधन जुटाएर दिगो योजना सुरु गर्न अनुकूल समय हो। व्यापारमा फड्को मारिनेछ भने मिहिनेतले नयाँ आम्दानी स्रोत खुल्नेछन्। श्रमको उचित मूल्य प्राप्त भई आर्थिक आत्मविश्वास बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वित्तीय बजारमा लगानीबाट लाभ मिल्नेछ भने व्यापारमा फाइदा हुने समय हो। विशिष्ट व्यक्तित्वको सहयोग र सामाजिक समर्थनले प्रतिष्ठित अवसर हात लाग्नेछन्। मिहिनेत र लगनशीलताले जीवनशैलीमा सुधार ल्याउँदै आम्दानीका नयाँ द्वार खुल्नेछ। रोकिएका योजना साथीभाइको साथले अघि बढ्नेछन्। कर्तव्यपरायणता र आत्मविश्वासले लक्ष्य हासिल गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेयर बजार र व्यवसायमा विशेष लाभ उठाउन सकिनेछ। सानो प्रयासमै भाग्यको साथले राम्रो आम्दानी हुने समय हो। नयाँ कामको प्रस्ताव, पदोन्नति वा स्थानान्तरणको सम्भावना देखिन्छ। प्रतिष्ठित व्यक्तिसँगको सम्पर्कले आर्थिक अवसर बढाउनेछ। रोकिएका काम अघि बढ्नेछन्, मिहिनेतले दिगो फाइदाको जग बसाउने सुनौलो अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य समस्या र चिन्ताले काम र आत्मविश्वासमा असर पार्नेछ। गैरजरुरी काममा घाटा हुने सम्भावना छ। व्यापारमा जोखिम र धनको क्षति हुन सक्छ। पारदर्शिता र गोपनीयतामा ध्यान दिनुपर्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कमजोर पार्नेछ। आहार–विहारमा सजग भएर नतिजा सुधार्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चन्द्रमाको प्रभावमा व्यापार र सेयर बजारमा लगानी बढेर मनग्गे आम्दानी हुनेछ। राजनीतिक सञ्जालबाट अवसरहरू मिल्नेछन्। योग्यताको उचित मूल्याङ्कनले व्यवसायमा लाभ हुनेछ। तर फजुल खर्च र विलासिताले धन खर्च बढ्न सक्छ। आर्थिक निर्णयमा सावधानी अपनाउन आवश्यक छ। मित्रता र परिवारको साथले उत्साह थप्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँट र हिम्मतले व्यवसाय र वित्तीय लगानीमा नाफा आउनेछ। पुराना ऋण तिर्न सकिनेछ भने रोकिएका काम पुनः अघि बढ्नेछन्। प्रतिस्पर्धामा विजय र आर्थिक लाभको सम्भावना छ। मिहिनेतले दिगो फाइदा हुने योजना सुरु गर्न सहयोग पुर्याउनेछ। भौतिक साधन जुट्ने र अधिकार स्थापित हुने समय हो।