खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

    रौतहट / रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन ।

    images
    images

    केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले   खेतको धाँजा फट्न थालेको छ ।  रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र  पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ ।

    चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार आकाशे वर्षा नहँुदा धानबाली सहित जीव–जनावर र मानवलाई समेत समस्या परेको छ ।
    आफूले मंहगो रकम खर्च गरेर मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फुट्न थालेको गुनासो गरेका छन । 
    अहिले खडेरीका कारण स्यालो ट्युबवेल र मोटरमा पानी पनि आउन छाडेको उनको भनाइ छ ।

    ‘यहाँ चारैतिर  सुक्खा छ,’ उनले भने । आकाशे वर्षा नहुँदा सबैलाई चिन्ता छ । आकाशे वर्षा कुरेर बसेका किसानहरुको रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको उनले बताए ।यस वर्ष धान रोपाइँ कम भएको र खडेरीले जोगाउन मुस्किल भएकाले उत्पादन अपेक्षा अनुसार नहुने उनको दुखेसो छ । यहाँ बाग्मती, चादी, बकैया , झाझ, अरुव  नदी तथा  नहरको  पानीबाट खेतीयोग्य जमिनमा धान रोपाई हुने गर्दछ ।

    तर नदी तथा नहरको पानी प्रर्याप्त नहुँदा संकट भएको कृषि ज्ञान केन्द्र गौरका निमित्त प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले बताए । अहिलेसम्म ५५ प्रतिशत मात्र धान रोपाइँ भएको उनले जानकारी दिए ।

    यमुनामाई, गरुडा, गुजरा र चन्द्रपुर नगरपालिकामा ६० देखि ६५ प्रतिशत रोपाइँ भए पनि ईशनाथ र बौद्धिमाई नगरपालिकामा भने ४५ प्रतिशत मात्र भएको उनको भनाइ छ ।रौतहटमा ३४ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि हालसम्म १८ हजार ७ सय हेक्टरमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय