सेयर बजारमा करेक्सन ! ३ हजार बिन्दु नाघेर फर्कियो नेप्से, कारोबार रकम २६ अर्ब नाघ्यो

सेयर बजारमा करेक्सन ! ३ हजार बिन्दु नाघेर फर्कियो नेप्से, कारोबार रकम २६ अर्ब नाघ्यो

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • सेयर बजारमा करेक्सन ! ३ हजार बिन्दु नाघेर फर्कियो नेप्से, कारोबार रकम २६ अर्ब नाघ्यो

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक १८.४४ अङ्कले घटेको छ । कारोबार अवधिमा ३ हजार बिन्दु नाघेर फर्किएको बजारमा नेप्से आज २९६४..२० बिन्दुमा रोकिएको हो। 

    images
    images

    आज नेप्से परिसूचक ३१३.१७ बिन्दुसम्म पुगेको थियो । अघिल्लो कारोबार दिनमा बढेपछि नाफा सुरक्षित गर्नेहरू सक्रिय हुँदा आज नेप्से परिसूचक ओरालो लागेको हो । 

    आइतबार १८६ कम्पनीको धितोपत्र मूल्य घटेको छ भने ६३ कम्पनीको धितोपत्रको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा आज सो रकममा उच्च बृद्धि भएको छ । 

    नेप्से परिसूचकमा करेक्सन देखिए पनि आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । आज ५ करोड ८६ लाख कित्ता सेयर २ लाख ३ हजार ६५८ पटक कारोबार भएको थियो । त्यसैगरी ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

    आज बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, फाइनन्स, निर्जिवन बिमा कम्पनी, जीवन विमा कम्पनी, लगानी र अन्य परिसूचकहरू आज घटेका छन् । ट्रेडिङ, विकास बैंक, उत्पादन, म्यूचुअल फण्ड समूह भने बढेको छ। त्यसैगरी माइक्रो फाइनन्स समूह भने स्थिर रहेको छ ।

    आज ट्रेड टावर लिमिटेड, समता लघुवित्त वित्तीय संस्था, सान्भी इनर्जीलगायतको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, नारायणी विकास बैंक, एनआईसी एसिया डिबेन्चर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलगायतको सेयर मूल्यमा बढी गिरावट आएको छ ।

    आइतबारको कारोबार रकममा सर्वाधिक बढी हिस्सा शिवम् सिमेन्टको रहेको छ । शिवम् सिमेन्टको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ८८ करोड ९० लाख ६१ हजार रुपैयाँ र नेपाल पुनर्बिमा कम्पनीको ८५ करोड २ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय