ललितपुर / नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले शुक्रबार ‘दि प्लाजा’, पुलचोकमा आफ्नो चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। सभामा विगत वर्षका गतिविधिहरूको समीक्षा गर्दै संस्थाको आगामी योजनाबारे जानकारी दिइयो।
उक्त अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नयाँ नेतृत्वसँगै संस्थाले सहकार्य, नवप्रवर्तन, र युवा उद्यमशीलता प्रवर्द्धनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ।
प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठकोसमेतउपस्थिति रहेको सो कार्यक्रममा निर्वतमान अध्यक्ष नितु श्रेष्ठले आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरू सुनाइन् ।
नवनियुक्त अध्यक्ष एल्भिस रञ्जितले नयाँ कार्यकालका लागि सहकार्य, कार्यक्रमहरूको प्रभावकारिता, र युवा उद्यमीहरूको सशक्तिकरणमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा २०७९/८० को कार्यसमिति बिदाइ र २०८१/८२ कार्यकालको नयाँ कार्यसमिति घोषणा समेत गरिएको थियो । मञ्चको अध्यक्षमा एल्भिस रञ्जित, निवर्तमान अध्यक्ष – नितु श्रेष्ठ, प्रथम उपाध्यक्ष – अनुकुल श्रेष्ठ, दोस्रो उपाध्यक्ष – प्रकिरण श्रेष्ठ, कार्यकारिणी सदस्यहरू – निशान ढकाल, अशाङ्क एसजेबी राणा, सबिल खान, आशिष भण्डारी, रिटेज श्रेष्ठ, श्रद्धा कटुवाल, अनिश रौनियार, कुशल जोशी, अभिषेक शारडा र च्याप्टर संयोजक – पालिजा मानन्धर रहेका छन् ।
नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले युवा नेतृत्व, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धनमा आफूलाई सशक्त मञ्चको रूपमा उभ्याउँदै आएको छ। नयाँ नेतृत्वको साथ संस्था आगामी दिनमा अझ प्रेरणादायक र उत्पादक वर्षतर्फ अघि बढ्ने विश्वास लिइएको छ।