तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूका लागि आयोजित नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूका लागि आयोजित नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूका लागि आयोजित नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूको लागि नेशनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ । 

    images
    images

    भैरहवाको होटल सिद्धार्थ भिलासामा आयोजित उक्त कन्सर्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । 
    कार्यक्रममा विभागिय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई स्ट्रेस म्यानेजमेण्ट सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएको थियो । 

    प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरू प्रस्तुत गर्नु भएको थियो भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोइरालाको कमेडी प्रस्तुती सहित नेपालका चर्चित कलाकारहरू प्रकाश सपुत, समिक्षा अधिकारी  बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यसै गरी चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरूले भरपुर मनोरञ्जन लिएका थिए । 

    भव्य रूपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्यूले अभिकर्ताहरूको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रूपमा सफल भएको गाला कन्र्सटलाइ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरूको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय