चितवन / गर्मी अत्यधिक बढिरहेका बेला नेपाल विद्युत् प्राधिकरणले चितवनवासीका लागि लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। प्राधिकरणको चनौली वितरण केन्द्रले तालिका नै प्रकाशित गरी आइतबारदेखि लागु हुने गरी विभिन्न स्थानका लागि दैनिक ६ घन्टासम्म विद्युत् कटौती हुने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार प्रसारण लाइनको क्षमताले मागअनुसारको विद्युत् आपूर्ति धान्न नसक्ने स्थिति सिर्जना भएपछि बाध्यात्मक रूपमा लोडसेडिङ गर्नुपरेको हो। शनिबार सार्वजनिक गरिएको तालिका अनुसार चितवनका विभिन्न क्षेत्रलाई समय विभाजन गरी पालैपालो विद्युत् कटौती गरिनेछ।
विद्युत् प्राधिकरणका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेशनबाट वितरण हुने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्यतु प्रवाध गर्न नमिल्ने अवस्था रहेको छ ।
यसको समाधानका लागि अघिल्लो आवमा नै बसेनी सबस्टेनसनबाट विद्यतु आपूर्ति गर्ने गरी अर्को ३३ केभि प्रसारण लाइन निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
अत्याधिक गर्मी र रोपाईँको समयमा आकोश पानी नपरेकोले सिँचाइ ग्राहकहरूको लोड बढ्न गई विद्यतुको माग ४५० एम्पिएरसम्म पुगेको कारण व्यवस्थापन गर्न गाह्रो भएको प्राधिकरणले उल्लेख गरेको छ ।
लोडसेडिङ तालिका
नारायणगढ–माडी फिडर
बिहान ६ देखि ९ बजेसम्म
दिउँसो ३ देखि साँझा ६ बजेसम्म
मेघौली–विजयनगर–शुक्रनगर फिडर
बिहान ९ देखि मध्यान्ह १२ बजेसम्म
साँझ ६ देखि ९ बजेसम्म
जगतपुर–रामपुर फिडर
मध्यान्ह १२ देखि ३ बजेसम्म
राति ९ देखि १२ बजेसम्म