Riddara RD6 अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, केके छन् अन्य आकर्षक सुविधा ?

Riddara RD6 अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, केके छन् अन्य आकर्षक सुविधा ?

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • Riddara RD6  अब मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमा, केके छन् अन्य आकर्षक सुविधा ?

    काठमाडौँ / सिजी मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभि पिकअप आफ्नो बनाउन सक्नेछन्।

    images
    images

     यस अफरमार्फत, सिजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाइएको सिजीले जनाएको छ।

    Riddara RD6 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी NEDC को ड्राइभिङ रेन्ज प्रदान गर्छ। 

    Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन  जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

    यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ।  

    साथै, कम्फर्ट इकोनोमी, अफरोड जस्ता ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलइडी हेडलाइट, र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।

    यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक क्यासब्याक अफर, निःशुल्क एसेसोरीहरू रु। ३ लाखसम्मको एक्सचेन्ज टपअप बोनसलगायतका आकर्षक सुविधाहरू पाउनेछन्।

    सिजी मोटर्सले २६० चार्जिङ स्टेसनहरू र २०ं सेवा केन्द्रहरू नेपालको विभिन्न भूभागमा सञ्चालनमा ल्याएको छ, जसले Riddara RD6 मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।

    चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक Geely द्वारा निर्माण गरिएको Riddara RD6 अहिले चीनमै Olen पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको  सिजीको भनाई छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय