उमा सुवेदीको ‘परिधि’ सार्वजनिक

उमा सुवेदीको ‘परिधि’ सार्वजनिक

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • उमा सुवेदीको ‘परिधि’ सार्वजनिक

    काठमाडौँ / उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक विशेष समारोहकाबीच ‘परिधि’को औपचारिक विमोचन गरिएको हो ।

    images
    images

    कार्यक्रममा बोल्दै सुवेदीले ‘परिधि’ लेखनको प्रेरणा कोरोना महामारीको पहिलो चरणमा सुदूरपश्चिममा बसेको अनुभवबाट आएको बताइन् । जागिरको सिलसिलामा दुई वर्ष सुदूरपश्चिममा बिताउँदाको समयमा उनले एउटा विशेष व्यक्तिसँगको भेटलाई आख्यानको केन्द्रविन्दु बनाएकी हुन् ।

    “कोरोनाको पहिलो लहरको त्रासदीबीच म त्यहाँ एक्लै थिएँ । त्यही समयमा यस्तो पात्रसँग भेट भयो जसले आफ्नो जीवनका घटनालाई समाजको षड्यन्त्रसँग जोडेर हेर्थ्यो,” उनले भनिन्, “उहाँका कुरा सुन्दै जाँदा ती मन-मस्तिष्कका जटिल पक्षहरू प्रकट हुन थाले । त्यहीँ पात्रको मनोविज्ञानले लेख्न प्रेरित ग-यो ।”

    सुवेदीका अनुसार, उनी काठमाडौँ फर्किएपछि सुदूरपश्चिममा भेटिएको पात्रलाई काठमाडौँको परिवेशसँग तुलना गर्दै आख्यान तयार पारिएको हो । “म त्यो पात्रलाई मेरो मस्तिष्कमै बोकेर काठमाडौँ आएँ र ‘परिधि’ तयार गरेँ,” उनले भनिन् ।

    यसैगरी कलाकार गौरी मल्लले पुस्तकमा पात्रको भोगाई उसको जीवन कसरी किनिएको छ भन्दा फरक नपर्ने बताइन् । उनले पुस्तकमा किनिएको जीवनमा पिँजडामा बसेको मान्छे आफूले लेखेको कवितासँग थोरै मेल समेत खाएको बताइन् ।  

    उनले भनिन्, “पुस्तकमा त्यो पात्रको भोगाई उसको जीवन कसरी किनिएको छ भन्दा फरक नपर्ला । किनिएको जीवनमा पिँजडामा बसेको मान्छे मैले लेखेको कवितासँग थोरै मेल समेत खाएको छ । यो उपन्यासको पात्र मैले लेखेको बवितासँग मेल खाएको छ ।” 

    ‘परिधि’ उपन्यास सामाजिक यथार्थ, मानसिक जटिलता र पात्रका गहिरो मनोवैज्ञानिक अवस्थाहरूको चित्रण गर्ने आख्यान हो कार्यक्रममा साहित्यिक क्षेत्रमा क्रियाशील विभिन्न लेखक, समालोचक र पाठकहरूको उपस्थिति रहेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय