हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : भण्डारखालमा वृक्षारोपण

हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : भण्डारखालमा वृक्षारोपण

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • हीरक जयन्तीमा चेम्बरको हरियाली सङ्कल्प : भण्डारखालमा वृक्षारोपण

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा पशुपति गौशालास्थित भण्डारखालमा शनिबार बिहान वृक्षारोपण गरेको छ । मुलुकको समग्र चेम्बर अभियानको ७५ औँ ऐतिहासिक बर्षगाँठको  अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

    images
    images

    हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा वृक्षारोपण गर्दै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनले विश्वलाई गम्भीर चुनौती दिइरहेको वर्तमान अवस्थामा चेम्बर अफ कमर्सको पहल अत्यन्तै प्रशंसनीय भएको बताए । 

    उनले भने, “वृक्षारोपणले केवल हरियाली बढाउने मात्र होइन, भावी पुस्ताका लागि स्वच्छ तथा दिगो वातावरण सुनिश्चित गर्न ठूलो योगदान पु-याउनेछ ।”

    मन्त्री शाहीले विश्वव्यापी जलवायु सङ्कटलाई समाधान गर्न सामूहिक पहलको आवश्यकतामा जोड दिए ।

    हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरूको नाममा सहभागीहरूले १ सयभन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेका थिए ।

    सभापति श्रेष्ठले वृक्षारोपणसँगै यसको संरक्षण र संवर्द्धनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    उनले चेम्बर सामाजिक उत्तरदायित्व अनुरूप आगामी दिनमा पनि वातावरण संरक्षण र दिगो विकासका गतिविधिमा अग्रणी भूमिकामा रहने बताए । कार्यक्रमले चेम्बरको ७५ वर्षे यात्रामा सामाजिक तथा वातावरणीय उत्तरदायित्वलाई पनि जोडिएको सन्देश दिएको सहभागीहरूले बताएका छन् । 

    साढे सात दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिविधिहरूलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय