नेपाल टेलिकमको आयमा ८ प्रतिशतको गिरावट, खुद नाफा आधाभन्दा बढी घट्यो

नेपाल टेलिकमको आयमा ८ प्रतिशतको गिरावट, खुद नाफा आधाभन्दा बढी घट्यो

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • नेपाल टेलिकमको आयमा ८ प्रतिशतको गिरावट, खुद नाफा आधाभन्दा बढी घट्यो

    काठमाडौँ / नेपाल टेलिकमले आ.व. २०८१/८२ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको कुल आम्दानी, व्याज आय र खुद नाफामा उच्च गिरावट देखिएको छ भने खर्च र कर्मचारी निवृत्तिभरण सम्बन्धी व्यवस्थाका कारण थप आर्थिक दबाब परेको छ।

    images
    images

    गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्म कम्पनीले कुल सञ्चालन आम्दानी रु. ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार आर्जन गरेको छ। यो रकम गत आव को सोही अवधिको रु. ३४ अर्ब ५६ करोड २ लाख ६५ हजारभन्दा रु. २ करोड ७८ लाख २३ हजार (०.०८ प्रतिशत)ले घटेको हो ।

    यसैगरी, कुल आय रु. ३८ अर्ब ७३ करोड ३३ लाख ४१ हजारमा सीमित भएको छ, जुन अघिल्लो आ.व. को रु. ४२ अर्ब ११ करोड ६९ लाख १० हजारभन्दा रु. ३ अर्ब ३८ करोड ३५ लाख ६९ हजार (८.०३ प्रतिशत)ले कम भएको छ।

    कम्पनीले यस अवधिसम्म  Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. १९ अर्ब २५ करोड ९१ हजार आर्जन गरेको छ, जुन गत आ.व. को सोही अवधिको तुलनामा ६.८२ प्रतिशतले बढी हो । तर, कर अघिको मुनाफा रु. ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार मात्र रह्यो, जुन अघिल्लो आ.व.को तुलनामा रु. ३ करोड ४३ लाख २ हजार (०.३० प्रतिशत)ले घटेको हो ।

    सबैभन्दा ठूलो गिरावट खुद नाफामा देखिएको छ। कम्पनीले चौथो त्रैमासिकसम्म रु. २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार मात्र खुद नाफा आर्जन गर्‍यो, जुन गत आ.व. को रु. ६ अर्ब २३ करोड ५५ लाख २ हजारभन्दा रु. ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार (५७.२१ प्रतिशत)ले कम हो । यसैगरी प्रतिसेयर आम्दानी  रु. १४.८२ कायम भएको छ।

    कम्पनीका अनुसार यस आ.व. मा राजस्व र नाफामा आएको कमीका मुख्य कारण निम्नानुसार छन् :

    ओटिटि सेवाको व्यापक प्रयोगले अन्तर आवद्धता आय करिब १४ प्रतिशतले (रु. ४१ करोड ९० लाख ७० हजार) घटेको। साथै भ्वाइस/एसएमएस सेवामा समेत नकारात्मक प्रभाव।

    गत वर्ष जिएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नु परेको र कर्मचारीको निवृत्तिभरण व्यवस्थाका लागि गत वर्ष रु. ४ अर्ब ९७ करोड तथा यस आ.व.मा करिब रु. १३ अर्ब १५ करोड छुट्ट्याउनुपरेको।

    व्याज दर घट्दा र लगानीमा कमी हुँदा व्याज आय ४५.२९ प्रतिशत (रु. ३ अर्ब ७ करोड ११ लाख ४२ हजार)ले घटेको।

    प्रतिस्पर्धी आइएसपीहरूले ःयदष्ष्तिथ सहित वाइफाइ सेवा विस्तार गर्दा मोबाइल डाटा प्रयोगमा कमी हुनु।

    विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा लागत बढ्नु तर प्रतिफल न्यून हुनु।

    नियामक निकायले सेवाको दररेट कटौती गर्दा राजस्वमा प्रतिकूल असर पर्नु।

    नेपाल लेखामान १९ अनुसार Defined Benefit Pension योजनामा छुट्याइएको रकमले स्थगन करको प्रभाव पर्नु।

    करसम्बन्धी मुद्दाको छिनोफानो हुँदा थप आर्थिक भार चालु आ।व। मा व्यहोर्नु परेको।

    ऋण लगानी र अन्य सम्पत्तिमा नोक्सानी व्यवस्थाका कारण खर्च बढ्नु।

    कर्मचारी निवृत्तिभरण हिसाबका लागि Discount Rate ७.५ प्रतिशतबाट ७ प्रतिशतमा झरेपछि खर्च बढ्नु । 

    नेपाल टेलिकमले राष्ट्रको सञ्चार पूर्वाधारका रूपमा दुर्गम क्षेत्रसम्म सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जनाएको छ। तर, बढी लागत, ओटिटिको प्रभाव, प्रतिस्पर्धी बजार र नियामकीय नीतिका कारण कम्पनीको राजस्व र मुनाफामा दवाव परेको कम्पनीको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय