images
Logo
images

भारतलाई ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको निर्णय, मौन मोदीलाई राहुल गान्धीले भने “हिम्मत गर्नुहोस्”

भारतलाई ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको निर्णय, मौन मोदीलाई राहुल गान्धीले भने “हिम्मत गर्नुहोस्”

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • भारतलाई ५० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको निर्णय, मौन मोदीलाई राहुल गान्धीले भने “हिम्मत गर्नुहोस्”

    काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेका छन्, जसले गर्दा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ ।

    images
    images

    ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।
    यस निर्णयप्रति भारतको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, “यो कदम अनुचित, अकारण र तर्कहीन छ ।”

    साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गरिने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।
    भारतले थप भनेको छ, “आयात नीति अन्य धेरै देशहरूले पनि अपनाएका छन्, तर अमेरिका केवल भारतलाई निशाना बनाउँदैछ । हामी फेरि दोहोर्याउँछौं कि यस्तो कदम अनुचित छ र भारत आफ्नो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ ।”

    अमेरिकाको निर्णय सार्वजनिक भएपछि भारतीय राजनीतिमा पनि प्रतिक्रियाहरू देखिएका छन् ।

    कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै एक्स (पूर्व ट्विटर) मा लेखेको छ, “मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाए । ट्रम्प लगातार भारतविरुद्ध कदम चालिरहेका छन्, तर मोदी मौन छन् । प्रधानमन्त्री मोदी, हिम्मत गर्नुहोस् र ट्रम्पलाई जवाफ दिनुहोस् ।”

    त्यस्तै, कांग्रेस नेता राहुल गान्धीले ट्रम्पको निर्णयलाई ‘आर्थिक ब्ल्याकमेल’ को संज्ञा दिँदै लेखेका छन्, “५० प्रतिशत ट्यारिफ भारतलाई अनुचित व्यापार सम्झौताका लागि धम्क्याउने प्रयास हो  । प्रधानमन्त्रीले आफ्नो कमजोरीलाई जनताको हितभन्दा अगाडि राख्नु हुँदैन ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय