काठमाडौँ / बिहीबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारकै मूल्यमा आज सुनको कारोबार भइरहेको छ । आज छापावाल सुन तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । यसअघि प्रतितोला २ हजार ३०५ रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर २ हजार ३१५ रुपैयाँ पुगेको हो ।