काठमाडौँ / बजाज अटो लिमिटेड, नेपालमा बजाज टु ह्विलरको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.को सहकार्यमा नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा प्रतिष्ठित बजाज चेतक इभिको प्रदर्शन गरिएको छ ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा ब्रान्डले आगन्तुकहरूलाई चेतक इभिको टाइमलेस डिजाइन र स्मार्ट विद्युतीय सुविधाहरू अनुभव गर्न आग्रह गरेको छ ।
नाइमा एक्स्पो २०२५ मा, बजाजको विशेष चेतक इभि स्टलमा आगन्तुकहरूले चेतक २५०१ विद्युतीय स्कूटरसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर पाउने बताइएको छ । साथै, यसको डिजाइन, निर्माण र कार्यक्षमतामा फस्र्ट ह्यान्डको अनुभव गर्न पनि सकिनेछ ।
प्रदर्शनीमा चार्जिङ क्षमताहरू, स्माट टिएफटी डिस्प्ले, र उन्नत सुरक्षा कार्यक्षमताहरू जस्ता प्रमुख सुविधाहरूको प्रत्यक्ष प्रदर्शन गरिनेछ । सहभागीहरूले टेस्ट राइडहरूको लागि दर्ता गर्ने र स्थलमै बुकिङ गर्ने अवसर पनि पाउनेछन् ।
प्रदर्शनीमा यस सहभागिताले देशको बढ्दो इभि समुदायसँग प्रत्यक्ष संलग्न हुँदै नेपालमा विद्युतीय मोबिलिटीलाई बलियो बनाउन बजाजको निरन्तर प्रतिबद्धतालाई दर्शाउने कम्पनीको दावी छ ।
गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छा भन्छन्, “हामी बजाज चेतक इभिलाई नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ल्याउन उत्साहित थियौँ । चेतक नेपालका धेरै घरधनीहरूको लागि एक भावनात्मक ब्रान्ड हो, र यसको विद्युतीय संस्करणले त्यो धरोहरलाई नवाचार, बौद्धिकता र पर्यावरणीय जिम्मेवारीसँग जोड्नेछ। यो उपस्थितिले मानिसहरूलाई चेतकको भविष्यलाई व्यक्तिगत रूपमा अनुभव गर्ने अवसर प्रदान गर्छ ।”
नाइमा एक्स्पोमा चेतक इभि स्टल
सशक्त डिजाइन, व्यावहारिक विद्युतीय प्रदर्शन र डिजिटल इन्टेलिजेन्स्सँग, बजाज चेतक इभि नाइमा २०२५ को एक प्रमुख आकर्षण बनेको कम्पनीको दावी छ । सबै इभि उत्साही र सम्भावित सवारहरूलाई चेतक स्टलमा भ्रमण गर्न, टेस्ट राइड बुक गर्न र बजाजसँग शहरी यात्रा भविष्यको अन्वेषण गर्न कम्पनीले आग्रह गरेको छ ।
बजाज चेतक इभि
चेतक ३५०१ बजाजको प्रमुख विद्युतीय स्कूटर हो, जसले रेट्रो–मोडर्न स्टाइलिङलाई अत्याधुनिक इभि प्रविधिसँग जोड्दछ ।
यो एकल चार्जमा १५३ किमीको प्रमाणित दायरा प्रदान गर्दछ, जसले यसलाई शहरी यात्रा र विस्तारित सवारी दुबैका लागि आदर्श बनाउँछ । यो सम्पूर्ण मेटल बडीबाट बनाइएको र आइपिसिक्स सेभने मूल्याङ्कन गरिएको स्कूटरलाई सबै मौसमको अवस्थाहरूमा भरपर्दो प्रदर्शन गर्न डिजाइन गरिएको छ । यसको ५ इन्च टिएफटि स्मार्ट कन्सोलले नेभिगेसन,म्यूजिक कन्ट्रोल र कल ह्यान्डलिङ सुविधा छ, जसले सवारी अनुभवलाई सहज बनाउँछ ।
अतिरिक्त सुविधाहरू जस्तै कीलेस एक्सेस, जियो–फेन्सिङ, दुर्घटना सूचनाहरू र एन्टी थेफ्ट सुरक्षा सुविधा समेत छ ।
३५ लिटरको अन्डर–सीट स्टोरेज र छिटो चार्जिङ क्षमतासँगै ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म ३ घण्टामा चार्ज गर्दछ ।