आजदेखि नयाँ आर्थिक वर्ष सुरु, केके व्यवस्थामा हुँदैछ परिवर्तन ?

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, केके व्यवस्थामा हुँदैछ परिवर्तन ?

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • आजदेखि नयाँ आर्थिक वर्ष सुरु, केके व्यवस्थामा हुँदैछ परिवर्तन ?

    काठमाडौँ / आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । 

    images
    images

    नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ । 

    तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । आजबाट सुरु भएको नयाँ आर्थिक वर्षले सरकारी कारोबारसँग सम्बन्धित विभिन्न नयाँ व्यवस्था लागू गरेको छ। 

    करको दरमा भएको परिवर्तनसमध्ये आजदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ ।

    संघीय संरचनाअन्तर्गत हाल तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय)ले आ–आफ्नो बजेट सार्वजनिक गर्ने गर्छन्। तीमध्ये अधिकांश प्रावधान साउन १ गतेदेखि लागू हुने प्रावधान विनियोजन ऐनमा उल्लेख छ। 

    यद्यपि, संघ सरकारले जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयन गर्न सक्ने व्यवस्था गरे पनि त्यतिबेला आवश्यक तयारी नपुगेका कारण पूर्ण कार्यान्वयन हुन सकेको थिएन।

    अब भने बजेट कार्यान्वयनसँगै विनियोजन, स्रोत सङ्कलन तथा खर्च व्यवस्थापनका लागि आवश्यक प्रावधानहरू लागु भइसकेका छन्। 

    विशेषगरी संघ सरकारका अधिकांश तथा प्रदेश र स्थानीय तहका सबै आर्थिक प्रावधान साउन १ गतेदेखि प्रभावमा आएका छन्। भन्सार तथा अन्तशुल्कसँग सम्बन्धित विषयहरू भने बजेट भाषणकै दिनदेखि लागू भइसकेका थिए।

    यो वर्षको बजेटमा सरकारले करका दरमा सामान्य मात्र परिवर्तन गरेको छ। तीमध्ये कतिपय नयाँ कर व्यवस्था साउन १ गतेदेखि लागू भइसकेका छन् भने विलासिता कर जस्ता केही व्यवस्था आजदेखि कार्यान्वयनमा आएका छन्। त्यस्तै, व्यवसाय तथा व्यक्तिगत आयमा दिइने कर छुटसमेत आजदेखि लागु हुने भएका छन्।

    हाल कर प्रणालीमा व्यक्तिगत आयकरको स्ल्याबमा कुनै परिवर्तन गरिएको छैन ।

    प्राकृतिक व्यक्तिहरूले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्ने पुरानै व्यवस्था यथावत् रहेको छ। साथै, व्यावसायिक संस्थाहरूले नयाँ आर्थिक वर्षका लागि आजदेखि नयाँ बिल बिजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।

    सरकारले लिएका आर्थिक नीति र निर्धारण गरेका नयाँ कर दरहरूले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले नयाँ आर्थिक वर्षको सुरुवातले विशेष महत्त्व राख्दछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com