आर्थिक वर्षको पहिलो दिन नै चम्कियो सेयर बजार, नेप्से ७५.८४ अङ्कले उक्लिदा साढे १६ अर्बभन्दा बढीको कारोबार

आर्थिक वर्षको पहिलो दिन नै चम्कियो सेयर बजार, नेप्से ७५.८४ अङ्कले उक्लिदा साढे १६ अर्बभन्दा बढीको कारोबार

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • आर्थिक वर्षको पहिलो दिन नै चम्कियो सेयर बजार, नेप्से ७५.८४ अङ्कले उक्लिदा साढे १६ अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ / नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन नेप्से परिसुचक ७५.८४ अङ्कले बढेर १६ अर्बभन्दा बढीको कारोबार भएको छ ।
    आज नेप्से सूचक २८७०.६३ अङ्कमा पुगेर रोकिएको हो । यस अघि गत आवको अन्तिम दिन नेप्से परिसूचक २७९४.७८ अङ्कमा पुगेर रोकिएको थियो । 

    images
    images

    यस दिन कुल ३११ स्टकको १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार ८८० रुपैयाँ बराबरको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर कारोबार भएको थियो । 

    आज सेन्सेटिभ इण्डेक्स ११.२२ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स ५.०६ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७९ अङ्कले बढेको छ ।

    आज कारोबारमा आएका सबै समूहको परिसूचकमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी अन्य समूह ५.०९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा ३.१४ प्रतिशत, लगानी ३.१६ प्रतिशत, हाइड्रो पावर ३.०४ प्रतिशत, वित्त समूह २.८० प्रतिशत, होटल तथा पर्यटन २.६० प्रतिशत, उत्पादन तथा प्रशोधन २.९४ प्रतिशत, लघुवित्त २.५० प्रतिशत र निर्जीवन बिमा २.१८ प्रतिशतले बढेको छ । 

    यसैगरी बैंकिङ समूह १.७६ प्रतिशत, विकास बैंक १.९५ प्रतिशत र म्युचुअल फण्ड ०.०४ प्रतिशतले बृद्धि भएको छ । यस दिन ट्रेड टावर लिमिटेड, शुभम् पावर लिमिटेड, थ्रि स्टार हाइड्रोपावर, स्र्टन हाइड्रोपावर र बाराहि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै ट्रेड टावर कम्पनीको मूल्य ३६.६० रुपैयाँले बढेर ४०२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    शुभम पावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८३.१४ रुपैयाँले वृद्धि भएर ९१५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य पनि प्रतिकित्ता ७३.१० रुपैयाँले बढेर ८०४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

    त्यसैगरी, स्र्टन हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ५७.११ रुपैयाँले बढेर ६३३.७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ र बाराही हाइड्रोपावरको सेयर मूल्य पनि ६९.२९ रुपैयाँले बढेर ८३८.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन एनआईबीएल स्टेबल फण्डको सेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ०.७५ रुपैयाँले घटेर ९.१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसैगरी, एनआइसी एशिया फिलीक्स क्यापिटल फण्डको सेयर मूल्य ०.६३ रुपैयाँले घटेर ९.५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन नेपाल रिइन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, सानीमा माइ हाइड्रो पावर, राधी जलविद्युत र नाग्दी ग्रुप पावर लिमिटेडको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com