प्रदेश सभा बैठकमा एमाले नेता थपलिया निदाएपछि...

प्रदेश सभा बैठकमा एमाले नेता थपलिया निदाएपछि...

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    प्रदेश सभा बैठकमा एमाले नेता थपलिया निदाएपछि...
    images
    images

    हेटौँडा / बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ । 

    प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन् । बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन् ।

    सार्वजनिक भएको तस्बिरले सामाजिक सञ्जालमा चासोको विषय बनिरहेको छ । प्रदेश सभा जस्तो संवैधानिक निकायमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन् ।

    नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित नेता थपलियाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com