एनआईसी एशिया बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवामा विशेष छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवामा विशेष छुट पाउने

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • एनआईसी एशिया बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवामा विशेष छुट पाउने

    काठमाडौँ / एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा विशेष छुट दिलाउन स्काइ ब्रोडब्याण्डसँग सो सम्बन्धी सम्झौता गरेको हो । 

    images
    images

    उक्त समझदारीसँगै यस बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नुहुन्छ । 

    सम्झौतापछि बैंकका ग्राहकहरूले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रू.१५०० छुट प्राप्त गर्नु सक्नुहुनेछ । 

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

    स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरूलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय