काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ९.१६ अङ्कले बढेर २ हजार ७७०.३९ विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६७ हजार ९५९ पटक खरिद बिक्री हुँदा ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ बराबरको कारोबार भएको छ ।
म्युचुअल फन्ड समूह ०.४९ र अन्य समूह ०.५८ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ ०.१७, विकास बैङ्क ०.३१, वित्त ०.०९, होटल तथा पर्यटन ०.२४ र जलविद्युत् समूह ०.९७ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी ०.४३, जीवन बिमा ०.३२, उत्पादन तथा प्रशोधन ०.४९, लघुवित्त ०.१०, निर्जीवन बिमा ०.३८ र व्यापार १.२९ प्रतिशतले बढेको छ ।
आज युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरे घट्नेमा भने सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु २१ करोड ७४ लाख २८ हजार ८३१ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ६ लाख २७ हजार १३८ कित्ता सेयर किनबेच भएको छ ।