काठमाडौँ / नागरिक लगानी कोष सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको २०८२ भदौ १ गतेको निर्णय अनुसार उनलाई अध्यक्षमा नियुक्त गरिएको हो।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम।फिल।, एम।ए। र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको पदबाट अवकाश प्राप्त व्यक्ति हुन्।
उनले केन्द्रीय बैंकमा रहँदा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ, अनुसन्धानलगायत विभिन्न विभागमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नागरिक लगानी कोषले घिमिरेको दीर्घ अनुभव र नेतृत्व क्षमताले कोषलाई थप प्रभावकारी र सक्षम संस्थाको रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।