ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी डाटा साइन्स कार्यक्रम शुभारम्भ

ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी डाटा साइन्स कार्यक्रम शुभारम्भ

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी डाटा साइन्स कार्यक्रम शुभारम्भ

    काठमाडौँ / ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ। 

    images
    images

    काठमाडौँको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

    कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए । 

    news british1.JPG

    सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।

    कार्यक्रममा डाटा साइन्सको महत्त्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा डोल्मा फण्ड म्यानेजमेन्टका सिइओ टिम गोचर OBE DL,, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी. पार्क, सांसद् मनीष झा र नेपालका लागि बेलायती राजदूत रोब फेन प्रमुख अतिथि थिए । 

    राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्त्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै उक्त पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गरे । 

    news british1.JPG

    ब्रिटिश एजुकेशन ग्रुपका समूहका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले यो कार्यक्रम शैक्षिक पोर्टफोलियोमा नयाँ थप मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । 

    फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्यलाई स्मरण गर्दै भविष्यमा अझ घनिष्ठ सहकार्य गर्ने उत्साह व्यक्त गरे।

    यसै अवसरमा फिनटेक अलायन्स नेपालद्वारा ‘नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग’ विषयमा प्यानल छलफल पनि सम्पन्न भयो ।

    british college photo.JPG

    छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष कैलाश बडु, Wiseyak Inc.का प्रमुख कार्यकारी अधिकृत तथा सह-संस्थापक सुरेश मानन्धर, Cedar Gate Services की उपाध्यक्ष (डाटा) श्वेता कर्ण, eXtensoData का प्रमुख कार्यकारी अधिकृत सुरेश गौतम, र NAAMII की अनुसन्धान सहायक अन्जु क्षेत्री (मोडरेटर) सहभागी थिए ।

    news2.JPG

    बीएससी (अन्स)डाटा साइन्स कार्यक्रमले नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको बताइएको छ। उक्त कार्यक्रमको लक्ष्य देशभित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु भएको कलेजले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय