भौतिक मन्त्रालयका लेखा अधिकृतको सेवा अबधिमा ९ करोड आम्दानी, यसरी फसे अख्तियारको फन्दामा

भौतिक मन्त्रालयका लेखा अधिकृतको सेवा अबधिमा ९ करोड आम्दानी, यसरी फसे अख्तियारको फन्दामा

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    भौतिक मन्त्रालयका लेखा अधिकृतको सेवा अबधिमा ९ करोड आम्दानी, यसरी फसे अख्तियारको फन्दामा
    images
    images

    काठमाडौं/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको फेला पारेको छ । 

    अआयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनी गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत हुन् । 
    अख्तियारले  मुद्दामा आरोपपत्र दायर गर्दै विषे अदालत पुर्याएको छ ।

    अख्तियारका अनुसार झलक शर्मा पौडेलले आफ्नो सेवा अवधि २०५४ सालदेखि २०८० सालसम्मको अवधिमा कुल रु. ३ करोड ३९ लाख ८७ हजार ४ सय ९० रूपैयाँ बराबरको आय आर्जन गरेको देखिएको छ। 

    तर, सो अवधिमा खर्च र लगानी गरीएको रकम रु. ९ करोड ६६ लाख ८० हजार ६ सय २० भन्दा बढी रहेको पाइएको छ। 

    यसरी रु. ६ करोड २६ लाख ९३ हजार बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारले भनेको छ । 
    निजले अवैध रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको देखाउँदै अख्तियारले समाएको हो । 

    अधिकृत झलक शर्मा पौडेलले आफ्नो पदको दुरुपयोग गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेका थिए । 

    साथै, निजले वार्षिक सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाई छिपाई झूठा विवरण पनि पेश गरेको फेला परेको छ । 

    त्यस्तै, आर्जन गरिएको सम्पत्तिको केही हिस्सा निजकी पत्नी हुमा कुमारी उपाध्यायको नाममा राखेको पाइएको छ । 

    अख्तियारले उनलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरिएको  हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी प्रकाशित गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com