टिभिएसले नेपाली बजारमा ल्यायो जुपिटर ११०, मूल्य र विशेषताहरू हेर्नुहोस्

टिभिएसले नेपाली बजारमा ल्यायो जुपिटर ११०, मूल्य र विशेषताहरू हेर्नुहोस्

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    टिभिएसले नेपाली बजारमा ल्यायो जुपिटर ११०, मूल्य र विशेषताहरू हेर्नुहोस्
    images
    images

    काठमाडौँ / विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन उत्पादनमा ख्यातिप्राप्त टिभिएस कम्पनीले नेपाली बजारमा नयाँ स्मार्ट स्कुटर टिभिएस जुपिटर ११० सार्वजनिक गरेको छ। 

    अत्याधुनिक प्रविधि, आरामदायी डिजाइन, उत्कृष्ट माइलेज र सुरक्षालाई विशेष ध्यान दिइएको यो स्कुटरले नेपालका उपभोक्तालाई स्मार्ट सवारी अनुभव दिने अपेक्षा गरिएको छ।

    सुरुमा नै यस सेग्मेन्टमा iGO असिस्ट टेक्नोलोजी, स्मार्ट ब्लुटुथ कनेक्टिभिटी, अगाडिबाट इन्धन भरिने सुविधा, Find Me/Flloow Me जस्ता स्मार्ट फिचरहरूसहित ल्याइएको यस स्कुटरले नेपाली बजारमा प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

    यो स्कुटरमा अत्याधुनिक इन्जिन रहेको छ भने यसको शैली, माइलेज, प्रदर्शन, आराम,सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन रहेको दावी गरिएको छ । 

    विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै यो कम्पनीले १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक–फ्रेन्ड्ली जुपिटर ११० नेपालको उपभोक्ताको बद्लिँदो रोजाइअनुसार तयार गरिएको टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर हो । 

    मुख्य विशेषताहरू

    डुअल हेल्मेट अन्डर–सिट स्टोरेज (सिट मुनि ३३ लिटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र metalmaxx Body लामो सिटसहितको Body Balance 2.0 प्राविधिले सवारी नियन्त्रण र आराममा सुधार   find me सुविधा,Fllpow Me र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने TVS SMARTXONNECT™ ब्लुटुथ जडान भएको डिजिटल क्लस्टर–कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित Distance to Empty, Real Time Fuel Efficiency, Average Fuel Efficiency लगायतका धेरै विशेषताहृ जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउँछ । 

    113.3cc सिंगल सिलिन्डर 4-स्ट्रोक इन्जिन

    iGO Assist टेक्नोलोजी : १० % बढी माइलेज 

    6500 rpm मा 5.9KW पावर र  5000 rpm मा 9.8nm टर्क

    MetalMaxx बलियो बडी, ३३ लिटर अन्डर सिट स्टोरेज

    स्मार्ट डिजिटल स्पीडोमिटर (ब्लुटुथ, भ्वाइस असिस्ट, नेभिगेसन, SMS / Call सूचनासहित)

    Turn Ignal Reset, Emergency Brake Warning र  Flloow Me Headlamp जस्ता सुरक्षा फिचर

    फ्रन्ट फ्यूल फिल, ग्क्द्य चार्जर, E-Z सेन्टर स्ट्यान्ड र ठूलो टायरसहित आरामदायक डिजाइन

    Body Balance 2.0 टेक्नोलोजीबाट सन्तुलित र स्थिर सवारी अनुभव

    डिजाइन र प्रविधिमा नवीनता

    स्कुटरको अगाडि भागमा इनडेन्टिटी लाइट बार, आकर्षक ड्युअल टोन डिजाइन र टेक्रोलोजी-सम्पन्न क्लस्टरले यसलाई आधुनिकता र सुविधाको उत्कृष्ट समिश्रण बनाएको छ।

    TVS को यो नयाँ Jupiter ले युवा तथा सबै उमेर समूहका सवारहरूको आवश्यकतालाई लक्षित गर्दै विकसित गरिएको हो।

    tvs news'.JPG

    मूल्य र उपलब्धता

    Jupiter 110 स्कुटर Disc SXC  भेरियन्टमा २ लाख ५७ हजार ९०० को सुरुवाती मूल्यमा उपलब्ध छ। TVS का सम्पूर्ण शोरूममार्फत यो स्कुटर नेपालभर उपलब्ध हुनेछ।

    जगदम्बा मोटर्सका प्रतिनिधिहरू साहिल अग्रवाल र अखिल गुप्ताले स्कुटर सार्वजनिक गर्दै भने, “टिभिएससँगको हाम्रो सहकार्य गुणस्तरीय उत्पादन र उपभोक्ता सन्तुष्टिमा आधारित छ। नयाँ Jupiter 110 मा सुरक्षा, सुविधा र प्रविधिको उत्कृष्ट संयोजन रहेको छ। हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यसलाई मन पराउनुहुनेछ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com