टेलिकमले भोलिदेखि आकर्षक प्याकेज तथा सुविधाहरूसहितको मनसुन अफर दिने, कसरी लिने फाइदा ?

टेलिकमले भोलिदेखि आकर्षक प्याकेज तथा सुविधाहरूसहितको मनसुन अफर दिने, कसरी लिने फाइदा ?

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    टेलिकमले भोलिदेखि आकर्षक प्याकेज तथा सुविधाहरूसहितको मनसुन अफर दिने, कसरी लिने फाइदा ?
    images
    images

    काठमाडौँ / नेपाल टेलिकमले भोलि बिहीबारदेखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध गराउने भएको छ । 

    निरन्तर रूपमा ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै दिनानुदिन बढ्दै गइरहेको सञ्चार तथा सूचना प्रविधिको महत्त्वलाई ध्यानमा राखी नवीनतम सेवाहरू उपभोक्ता माझ विस्तार गर्दै जाने क्रममा टेलिकमले यस्तो अफर ल्याएको हो । 

    आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समयसापेक्ष रूपमा प्याकेज तथा अफरहरू प्रदान गर्ने क्रममा ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याइएको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए । 

    यो अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू उपलब्ध हुने उनको भनाई छ । अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ । 

    त्यस्तै, विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

    ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com