एसईई नतिजा सार्वजनिक, मोबाइल र वेबसाइटमार्फत यसरी यसरी हेर्नुस्

एसईई नतिजा सार्वजनिक, मोबाइल र वेबसाइटमार्फत यसरी यसरी हेर्नुस्

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    एसईई नतिजा सार्वजनिक, मोबाइल र वेबसाइटमार्फत यसरी यसरी हेर्नुस्
    images
    images

    काठमाडौँ / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरमा बसेको बोर्ड बैठकपश्चात आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो। नतिजा अनुसार एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।

    सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् । 

    १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएको छ ।

    नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । 
     
    यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । 


    गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । 

    २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ । 

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com