युनिग्लोब एसएस कलेजद्वारा ‘Uniglobe Futsal Frenzy’ को टाइ-शीट ड्र घोषणा

युनिग्लोब एसएस कलेजद्वारा ‘Uniglobe Futsal Frenzy’ को टाइ-शीट ड्र घोषणा

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    युनिग्लोब एसएस कलेजद्वारा ‘Uniglobe Futsal Frenzy’ को टाइ-शीट ड्र घोषणा
    images
    images

    काठमाडौँ / युनिग्लोब एसएस कलेज र युनिग्लोब स्पोर्टस् क्लबको संयुक्त आयोजनामा 'Uniglobe Futsal Frenzy’ को टाइ-शीट ड्र हुने भएको छ । उक्त कलेजले एसइइ परीक्षा दिएका विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा ठूलो भनिएको फुटसल प्रतियोगिता गर्न लागेको हो । 

    ‘Uniglobe Futsal Frenzy' को टाइ-शीट ड्र असार ६ गते दिउँसो २ बजे कलेजकोसेमिनार हलमा हुने भएको छ। यो वर्षको प्रतियोगितामा देशभरिबाट ११० टिमहरूको सहभागिता रहनेछ ।

    प्रतियोगिताका खेलहरू असार ७ देखि ९ गतेसम्म सञ्चालन हुनेछन्। एक लाख रुपैयाँ कुल राशी रहेको सो प्रतियोगितामा  विजेता, उपविजेता र तृतीय हुने टिमहरूलाई क्रमशः रु। ५०,०००, ३०,००० र २०,००० प्रदान गरिने आयोजकले जनाएका छन्।

    त्यस्तै, उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षकलाई पनि व्यक्तिगत श्रेणी अन्तर्गत विशेष पुरस्कारहरू प्रदान गरिनेछन्।

    युनिग्लोब एसएस कलेजका अनुसार, ‘Uniglobe Futsal Frenzy’ केवल प्रतिस्पर्धा मात्र नभई युवाबीचको सीप, समन्वय र खेल भावना को साझा उत्सव हो। 

    आयोजकले सम्पूर्ण सहभागी टिम तथा समर्थकहरूलाई टाइ(शीट ड्र कार्यक्रममा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com