नाडा र यातायात व्यवस्था विभागका महानिर्देशकबिच सवारी आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे छलफल

नाडा र यातायात व्यवस्था विभागका महानिर्देशकबिच सवारी आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे छलफल

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • नाडा र यातायात व्यवस्था विभागका महानिर्देशकबिच सवारी आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाबारे छलफल

    काठमाडौँ / नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट तथा छलफल गरेको छ । मङ्गलबार भएको सो भेटमा अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल भएको हो ।  

    images
    images

    सो अवसरमा अध्यक्ष चौधरीले यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राखे । सो सम्बन्धमा विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरे । 

    सोही क्रममा अध्यक्ष चौधरीले उक्त प्रस्तावित निर्देशिकामा भएका बुँदाहरूबारे नाडा र विभागबिच विस्तृत छलफलगरी अघि बढनु पर्ने धारणा राखे ।

    उक्त छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूको विषयमा थप छलफल गरिनु पर्ने आवश्यकता रहेको बताउनु हुँदै उल्लेखित बुँदाहरूका सम्बन्धमा सिल सिलेवार छलफलगरी सो निर्देशिकालाई यथार्थ र व्यवहारिक बनाउनु पर्ने आवश्यकता रहेको बताए । 

    यसैक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नु पर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नु पर्ने धारणा राखे । त्यस्तै, महासचिव उप्रेतीले नेपालमै ब्याट्री उद्योगहरूको स्थापना भइसकेको जानकारी दिए । 

    सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताए । 

    छलफलको अन्तमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धी कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको उनले जानकारी दिए । 

    सोही क्रममा महानिर्देशक पोखरेलले यस विषयमा नाडासँग सहकार्य गरेर अघि बढ्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय