कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : ज्ञानेन्द्र शाही

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : ज्ञानेन्द्र शाही

मंगलवार, असार १७ २०८२
मंगलवार, असार १७ २०८२
  • images
    images
    कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्यविरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन्  ।  

    मङ्गलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्यविरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन् । 

    उनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु-यसको छानविन होस् । नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन। यो त राज्य अपराध हो । संसद बनाएका छौँ, समितिहरू बनाएका छौँ । ती समितिका संसदहरूको महत्वलाई नै छेडखानी गर्ने राज्यविरुद्ध कसुर नै हो ।”

    उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए । 

    “समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरूलाई जेल सजाय हुनुपर्छ,” उनले भने ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com