आज वि.सं.२०८२ साल भाद्र १ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट १७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, भाद्र कृष्णपक्ष, नवमी तिथी, बेलुकी १०ः१४ बजेपछि दशमी, कृतिका नक्षत्र, बिहान ६ः३५ बजेपछि रोहिणी, आनन्दादिमा–धुम्र योग, चन्द्रराशि–वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार र सेयर बजारबाट नाफा आर्जन हुने सङ्केत छ। आर्थिक सङ्कट हट्दै व्यवसाय मजबुत बन्छ। नोकरी र लगानीमा ख्याति बढ्नेछ भने आफन्तको सहयोगले योजना सफल हुन्छ। बोलीमा संयम राख्दा प्रतिष्ठा जोगिन्छ। आवेशजन्य निर्णयले जोखिम निम्त्याउन सक्छ, बुद्धिको सदुपयोगले लाभ मिल्नेछ। विवेकपूर्ण रणनीतिले दीर्घकालीन आर्थिक स्थायित्व दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ प्रविधिको उपयोगले व्यापार विस्तार भई आर्थिक आम्दानी बढ्नेछ। वित्तीय बजारमा लगानी गर्ने उपयुक्त समय रहेको छ। मेहनत र योजना अनुसार अघि बढ्दा नोकरी र पदोन्नतिमा सफलता मिल्नेछ। साहसिक कदमले अवसर सिर्जना गर्नेछ भने विगतका कमजोरी सुधार्दै स्थायित्व पाइनेछ। विवेकपूर्ण निर्णयले प्रतिष्ठा र आर्थिक लाभ दुवै दिलाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेयर बजार र व्यापारमा सुझबुझपूर्ण लगानीले फाइदा दिलाउनेछ, यद्यपि खर्च बढ्ने सङ्केत छ। विदेशी सामानको कारोबार फस्टाउनेछ भने विदेशमा आम्दानी गर्नेहरूको लागि समय अनुकूल रहनेछ। तत्कालीन नाफा भन्दा दीर्घकालीन लाभलाई प्राथमिकता दिनु लाभदायी हुनेछ। कमजोरी सच्याएर योजना अघि बढाउँदा आर्थिक स्थायित्व पाउने सम्भावना प्रबल छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेयर बजार र व्यापारमा लगानी गर्ने उपयुक्त समय आएको छ। नयाँ जिम्मेवारीसहित काममा ठूलो प्रगति हुनेछ। साझेदारी र सट्टापट्टाबाट विशेष लाभ मिल्ने सङ्केत छ। मनग्य धनलाभले पारिवारिक आवश्यकता पूरा हुनेछ भने सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। प्रविधिको प्रयोगले कार्य सजिलो भई रोकिएका काम सम्पन्न हुनेछन्। सोचेजस्तो भन्दा बढी आर्थिक लाभ हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायलाई समयानुकूल परिमार्जन गर्दा उल्लेखनीय लाभ प्राप्त हुनेछ। कृषि, पशुपालन र वित्तीय बजारमा लगानी गर्ने उत्तम अवसर छ। पारिवारिक सम्पत्ति सदुपयोगले मनग्य आम्दानी हुनेछ। कार्यक्षेत्रमा प्रगति भई प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। सामाजिक नेतृत्व र विशिष्ट व्यक्तिको सहयोग जुट्ने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने अनुकूल समय आएको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक धन सम्पत्ति प्राप्त भई आर्थिक स्थिति सबल बन्नेछ। व्यापार व्यवसाय फस्टाउँदै जानेछ भने बैंक तथा वित्तीय लगानीबाट प्रतिफल हात लाग्नेछ। परिस्थितिलाई अनुकूल बनाएर अप्ठ्यारा काम सजिलै सम्पादन गर्न सकिनेछ। चुनौतीपूर्ण दायित्व भए पनि श्रमको उचित मूल्याङ्कन हुनेछ। तत्काल लाभ सीमित भए पनि दीर्घकालीन उपलब्धि सुनिश्चित हुने सङ्केत छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायमा समय खर्चिए पनि तत्काल लाभ कम हुनेछ, नयाँ लगानी स्थगित गर्नु उपयुक्त छ। पहिलेका समस्या दोहोरिन सक्ने भएकाले सतर्क रहनुपर्छ। अफवाह र हल्लाको पछि लाग्दा घाटा हुने सम्भावना छ। तर शुभचिन्तकको साथले समस्या सुल्झिनेछ। मिहिनेतले दीर्घकालीन फाइदा दिनेछ। गोपनीयता र सतर्कता अपनाउँदा भविष्यमा आर्थिक स्थायित्व सम्भव हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जन तथा कलाक्षेत्रसँगै व्यापारमा पनि लाभदायक समय आउनेछ। साझेदारी कारोबारबाट नाफा प्राप्त हुनेछ भने विलासी सामानको कारोबारमा वृद्धि हुनेछ। सेयर बजारमा लगानीले प्रतिफल दिनेछ। अध्ययन र कामका कारण लामो यात्रा सम्भव छ। प्रियजनको सहयोगले आर्थिक तथा सामाजिक प्रतिष्ठा बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने संकेत छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
न्यायिक निर्णय र प्रतिस्पर्धामा विजय प्राप्त भई आर्थिक मुद्दा सहजै हल हुनेछ। व्यापार तथा सेयर बजारमा गरिएको लगानी फस्टाउँदै जानेछ। पुराना ऋणबाट मुक्ति पाई वित्तीय दबाब कम हुनेछ। रोकिएका काम पुनः प्रारम्भ भई लाभ मिल्नेछ। गोप्य रूपमा अघि बढाएको योजना सफल हुनेछ। परिश्रम र रणनीतिले चुनौती पार गर्दै स्थायित्व दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेयर बजार, खाद्यान्न र गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। वैदेशिक यात्रा र सामाजिक काममा अवसर जुट्नेछ। प्रेम र मित्रताको सम्बन्ध सुमधुर हुनेछ भने सन्तानबाट शुभ सूचना प्राप्त हुनेछ। योजनाबद्ध रूपमा काम गर्दा लाभ मिल्नेछ। स्वास्थ्य र हल्लाबाट सावधान रहनुपर्छ। नयाँ लगानी वा काम थाल्न केही समय प्रतीक्षा गर्नु लाभदायी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाउनेछ, तर घरेलु समस्या र माताको स्वास्थ्यमा सावधानी आवश्यक छ। अफन्त र साथीभाइको हस्तक्षेपले काममा अवरोध आउन सक्छ। पढाइ र अध्ययन सुस्त गतिमा अगाडि बढ्नेछ। विपरीत परिस्थितिमा धैर्य र विवेक अपनाउँदा सफलता मिल्नेछ। सवारी साधन प्रयोगमा सावधानी र योजनाबद्ध कदमले आर्थिक तथा व्यक्तिगत फाइदा सुनिश्चित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उद्योग र व्यापारमा विशेष लाभ प्राप्त हुने समय आएको छ। नयाँ कामको प्रस्ताव र साझेदारीले काम समयमै सम्पन्न हुनेछ। बुद्धिको सदुपयोगले धन र भौतिक सम्पत्ति लाभ हुनेछ। रोकिएका कार्य पुनः प्रारम्भ भई महत्वकांक्षी योजना पूरा हुनेछन्। शत्रु परास्त हुने र प्रतिस्पर्धी पछि हट्नेछन्। मिहिनेतले दीर्घकालीन फाइदा दिलाउनेछ भने पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।