आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव, देशव्यापी प्रभातफेरी सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव, देशव्यापी प्रभातफेरी सम्पन्न

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सव, देशव्यापी प्रभातफेरी सम्पन्न

    काठमाडौँ / आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ बार्षिक उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा स्वस्थ्य जीवनको लागि जीवन बिमाको महत्त्व भन्ने मूल सन्देशसहित काठमाडौँसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

    images
    images

    जीवन बिमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीले देशका सातै प्रदेशमा रहेका शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा उक्त दिवसलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको थियो ।

    कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुबै जीवनको आधार हुन । 

    प्रभातफेरीमार्फत कम्पनीले नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्दै जीवन बिमाको आवश्यकता र फाइदा बुझाउन चाहेको उनले बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय