रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर

बुधवार, असार २५ २०८२
बुधवार, असार २५ २०८२
  • images
    images
    रसुवागढी नाकामा आएको बाढीले नेपाल–चीन आपूर्ति प्रणालीमा पूर्ण अवरोध : चेम्बर
    images
    images

    काठमाडौँ / नेपाल–चीन सिमानामा रहेको प्रमुख नाका रसुवागढीको टिमुरे क्षेत्र भएर मङ्गलबार आएको भीषण बर्षाले मानवीय र भौतिक रुपमा ठूलो क्षति बेहोर्नुपरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । 

    भारी वर्षासँगै आएको बाढीले नेपाल-चीन मैत्री पुल पूर्ण रूपमा बगाएको र रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारको मुख्य नाका बन्द हुँदा व्यवसायीहरू मर्कामा परेको चेम्बरले उल्लेख गरेको छ । 

    मालसामान लिएर नेपाल तर्फ आउँदै गरेका सयौँ कन्टेनर सवारी साधनहरू बाढीले बगाउँदा व्यापार तथा व्यवसायमा गम्भिर क्षति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

    चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गत मंगलबार आएको बाढीले मानवीय क्षतिसँगै भौतिक रूपमा पनि ठूलो क्षति गरेको छ । सो क्षेत्रमा हराईरहेकाहरूको खोजीका साथै भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिएर महत्त्वपूर्ण व्यापारिक मार्ग तत्काल सुचारु गर्न सरकारसँग आग्रह गर्दछौँ ।” 

    रसुवागढीको टिमुरे क्षेत्रमा तत्कालीन राहत व्यवस्थासँगै दीर्घकालीन संरचना निर्माण, वैकल्पिक पुल निर्माण तथा प्राविधिक पूर्वतयारी गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । 

    चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका नाका बन्द हुँदा आयात-निर्यातमा ठूलो असर पर्न सक्ने भन्दै चेम्बरले यस्ता जोखिमपूर्ण अवस्थाको दीर्घकालीन समाधानका लागि स्थायी संरचना र वैकल्पिक नाका व्यवस्थापनमा नीतिगत निर्णय गर्न सरकारसंग आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com