काठमाडौँ / मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । वित्तीय पहुँचभन्दा बाहिर रहेका ग्राहकहरूका लागि बिशेष ल्याईएको यो बचत खातामा रु. १०० को मौज्दात संस्थाले आफ्नो तर्फबाट जम्मा गरिदिने छ ।
वित्तीय पहुँचमा योगदान पुर्याउने मनसायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो ।
हालसम्म रु.२२ अर्ब निक्षेप सङ्कलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यसे मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ ।
फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।
हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको छ ।