नेपाल हस्तकला महासंघका अध्यक्ष लगायत उद्यमी ब्यवसायीहरु सम्मानित

नेपाल हस्तकला महासंघका अध्यक्ष लगायत उद्यमी ब्यवसायीहरु सम्मानित

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • नेपाल हस्तकला महासंघका अध्यक्ष लगायत उद्यमी ब्यवसायीहरु सम्मानित

    निजी क्षेत्र र ब्यापार ब्यवसायमा संलग्न उद्यमी ब्यवसायहरुलाई प्रोत्साहित गर्ने नेपाल सरकारको नीति अनुरुप नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सह–आयोजनामा भएको ब्यावसायिक ब्यक्ति सम्मान तथा सुशोभन कार्यक्रममा प्रतिनिधिमूलक व्यवसायिक महासंघतर्फबाट हस्तकला उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य मानार्थ ऋक्ष्ए सम्मान पाएका छन् । 

    images
    images

    २०८२ असार ३२ गते बुधबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबाट एक भब्य समारोहका बीच उनलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति सम्मान गरिएको हो । 

    त्यसैगरी नेपाल हस्तकला महासंघका सदस्यहरू मध्ये ब्यवसायीका प्रतिनिधिमूलक वस्तुगत संघकोतर्पmबाट नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष श्री नरेशलाल श्रेष्ठ, हस्तकला वस्तुको निर्यातबाट सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने  नर्यातकर्ताहरूमध्येबाट गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा.लि. का सञ्चालक पदमरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा बढी फेल्टजन्य हस्तकला वस्तु निर्यातकर्ताको तर्पmबाट नेशनल एक्सपोट्र्स प्रा.लि. का सञ्चालक चन्द्रबहादुर थापा, तेस्रो मुलुकतर्फ एक अरबभन्दा बढी रकमको निर्यातकर्ता एभरेष्ट फेशनका प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, चीनतर्फको निकासीमा तेस्रो स्थान हासिल गर्ने अष्टमंङलका प्रोप्राइटर उर्गेन लामा, त्यसैगरी स्टार्टअप उद्यमी व्यवसायीको तर्फबाट माइन्डफुल क्राफ्ट प्रा.लि का प्रबन्ध निर्देशक कुवेर सापकोटा महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट सुशोभित भए ।


    उनीहरु सबैमा नेपाल हस्तकला महासंघकोतर्पmबाट हार्दिक बधाई सहित थप ब्यवसायिक सफलताको  लागि शुभकामना ब्यक्त गरिएको छ । 
    साथै यो सम्मान प्राप्त गर्न प्रत्यक्ष तथा परोक्ष रुपबाट सहयोग गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, ब्यापार तथा निकासी प्रवद्र्धन  केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा लगायत महासंघका सल्लाहकारहरु, कार्यसमिति, सदस्य उद्यमी ब्यवसायी तथा कलाकारहरु, सचिवालय लगायत सम्बद्ध सबै प्रति हार्दिक कृतज्ञता ब्यक्त  गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com