काठमाडौँ / नेपालका लागि लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा.लि.ले बहुप्रतीक्षित लिपमोटर B10 चीनबाट औपचारिक रूपमा प्रस्थान गरी नेपाल आउँदै गरेको घोषणा गरेको छ।
लिपमोटर B10 पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन NAIMA द्वारा आयोजित आगामी NAIMA अटो शोमा प्रदर्शन गरिनेछ, जुन आगामी साउन २१-२५ गते (अगस्ट ६–१०) सम्म काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुँदैछ।
यो साङ्ग्रिला मोटर्सको नेपालमा उन्नत र दिगो विद्युतीय सवारी समाधानहरू ल्याउने यात्रामा महत्वपूर्ण उपलब्धि हो।
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोन र २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ।
कम्पनीले आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवीन, स्टाइलिश र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउने आफ्नो दृष्टिलाई निरन्तर अघि बढाइरहेको छ।
यस अवसरमा साङ्ग्रिला मोटर्स प्रालिका निर्देशक जय गोल्छाले भने, “हामी लिपमोटर द्यज्ञण् नेपालमा आउँदैछ भनेर घोषणा गर्न पाउँदा उत्साहित छौँ। यो लन्चले नेपाली ग्राहकहरूलाई नवीनतम विद्युतीय मोबिलिटी प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ। हामी NAIMA अटो शोमा द्यज्ञण् को उद्घाटन गर्न उत्सुक छौँ र यो गाडीले नेपाली बजारमा इभी प्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौँ ।”