मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, खराब कर्जामा उल्लेखनीय सुधार

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, खराब कर्जामा उल्लेखनीय सुधार

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा घट्यो, खराब कर्जामा उल्लेखनीय सुधार

    काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/०८२ को चोथौ त्रैमाससम्म १३ करोड ४ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक बर्ष २०८०/८१ को सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक बर्षको समीक्षा अवधिमा बैंकले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो । 

    images
    images

    अघिल्लो वर्षको २५ करोड ९७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेर २० करोड ४३ लाख रुपैयाँमा झरेको छ । ब्याजदरमा आएको गिरावटले बैंकको ब्याज आम्दानी घटेको हो । त्यस्तै, ब्याज आम्दानी घटेसँगै नाफामा दबाव पुगेको देखिन्छ । 

    यद्यपि बैंकले चौथो त्रैमासमा खराब कर्जामा उल्लेखनीय सुधार गरेको छ। चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको अघिल्लो आर्थिक वर्षको ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.२८ प्रतिशतमा सीमित भएको हो।

    धेरैजसो बैंकहरू खराब कर्जाका कारण दबाब झेलिरहेका छन् । सोही अवस्थामा मितेरी डेभलपमेन्ट बैंकले भने यसमा सुधार गरेको छ । 

    बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि अघिल्लो वर्षको १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ।

    वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत रहेको विवरणमा उल्लेख छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य-आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत रहेको छ।

    १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख रुपैयाँ र जगेडा कोष ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय