आर्याघाटमा चिताबाट हड्डी निकाल्ने प्रयास गरेका दुई ब्यक्तिलाई सात दिनको म्याद थपी अनुसन्धानमा

आर्याघाटमा चिताबाट हड्डी निकाल्ने प्रयास गरेका दुई ब्यक्तिलाई सात दिनको म्याद थपी अनुसन्धानमा

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • आर्याघाटमा चिताबाट हड्डी निकाल्ने प्रयास गरेका दुई ब्यक्तिलाई सात दिनको म्याद थपी अनुसन्धानमा

    आर्यघाटमा शव दाहस्थलमा हड्डी निकाल्ने प्रयासमा संलग्न २ जना पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको रिपोर्ट अनुसार  काभ्रे मन्डनदेउपुर नगरपालिका ०५ स्थायी घर भएका बर्ष ६१ को गणेश प्रसाद ढकाल भन्ने जिवनाथ ढकाल पक्राउ परेका छन् । उनी हाल गौरीघाट बस्तै आएका थिए ।  यस्तैगरी उदयपुर कटारी ०८ का हाल गोठाटार बस्ने वर्ष २४ को बिनायक मैनाली पक्राउ परेको पुष्टि नेपाल प्रहरीले दिएको छ । 

    images
    images

    पशुपति आर्यघाट २ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको मृत शवबाट हड्‌डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको भन्ने विषयमा वाद–विवाद भई अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ नेपाल प्रहरी खटिएको थियो । 

    प्रहरीको टोलीले उक्त कार्यमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट आज मिति २०८२।०४।२६ गते सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय