शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छः जेलेन्स्की

शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छः जेलेन्स्की

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छः जेलेन्स्की

    काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने आगामी बैठकको अपेक्षा बढ्दै जाँदा, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वको समाधानमा युक्रेनको अडानलाई पुनः पुष्टि गर्दै कडा शब्दमा बयान दिएका छन् ।

    images
    images

    शनिबार राति एक भिडियो सम्बोधन मार्फत जेलेन्स्कीले भनेका छन “युक्रेनको लागि शान्तिको बाटो युक्रेनसँगै मिलेर तय गर्नुपर्छ – यो आधारभूत पक्ष हो ।“ उनले कडा शब्दमा भनेका छन कि युक्रेनले देशलाई “विभाजन गर्ने दोस्रो प्रयास“ गर्नेछैन ।

    जेलेन्स्कीले वास्तविक शान्ति सम्झौताको लागि युक्रेनको खुलापन बारे दोहो¥याएर स्पष्ट पारे कि यो क्षेत्रीय सम्झौताको मूल्यमा आउने छैन । गत शुक्रबार, ट्रम्पले सामाजिक सञ्जाल मार्फत घोषणा गर्दै भनेका छन कि उनी अगस्ट १५ मा अमेरिकी राज्य अलास्का राज्यमा पुटिनसँग भेट्नेछन् ।

    रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले पनि ट्रम्को उक्त खुलासालाई पुष्टि गर्दै पुटिन र ट्रम्पले आगामी शिखर सम्मेलनमा रुस–युक्रेन द्वन्द्वको दीर्घकालीन शान्तिपूर्ण समाधान प्राप्त गर्ने विकल्पहरूमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय