भैरहवा कारागार पुगेर रवि भेटेका बाबुराम भट्टराईको प्रतिक्रिया : जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ

भैरहवा कारागार पुगेर रवि भेटेका बाबुराम भट्टराईको प्रतिक्रिया : जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • भैरहवा कारागार पुगेर रवि भेटेका बाबुराम भट्टराईको प्रतिक्रिया : जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुन्छ

    काठमाडौँ / नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्ततन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार भट्टराईले भैरहवा कारागार पुगेर लामिछानेलाई भेटेका हुन् ।

    images
    images

    भेटेपछि उनले सञ्चारकर्मीहरुसँगको कुराकानीमा एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्नेे धारणा राखे । 

    उनले भने, “उहाँमाथि त अन्तिम फैसला भइसकेको छैन । उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ अथवा थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर एउटा राजनीतिक जनताको प्रतिनिधि भएको मान्छे भागेर पनि सुख पाउँदैन भन्ने कुराको अनुमान गरेर पनि जमानतमा बाहिर रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो ।”

    उनले जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताउँदै रविलाई कारागारमा पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय