नाइमा २०२५ मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

नाइमा २०२५ मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • नाइमा २०२५ मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

    काठमाडौँ / नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । 

    images
    images

    पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् । 

    एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, हल बी मा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षकरङ्गहरु सार्वजनिक गरेको छ ।

    आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटॉर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । 

    रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ ।

    नेपाली बजारको लागि रु २,८२,९०० मूल्य  निर्धारण गरिएको नयाँ एनटॉर्क डिस्क एफआई भ्यारीएन्टहरुमा  यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।

    SmartXonnect™ ब्लुटुथ कननेक्टिभिटी

    टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर

    उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक

    युएसबी चार्जिङ पोर्ट

    दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युल फिलिङ 

    शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ ।

    नाइमा २०२५ अटो शोमा सहभागी सबैलाई हल बी को स्टल नम्बर एल३एमा गई नयाँ एनटॉर्क डिस्क एफआई नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरिन्छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय