नागरिक लगानी कोषको नाफा १५ करोड बढ्यो, सेयर बजारमा ३१ अर्ब लगानी

नागरिक लगानी कोषको नाफा १५ करोड बढ्यो, सेयर बजारमा ३१ अर्ब लगानी

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • नागरिक लगानी कोषको नाफा १५ करोड बढ्यो, सेयर बजारमा ३१ अर्ब लगानी

    काठमाडौँ / नागरिक लगानी कोषले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको १ अर्ब १० करोड नाफासँग तुलना गर्दा यस वर्ष १५ करोड रुपैयाँले नाफा बढेको हो।

    images
    images

    कोषको अपरिस्कृत वित्तीय विवरण अनुसार ब्याज, सेवाशुल्क, कमिसन र विविध स्रोतबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी भएको छ । व्यवस्थापन खर्च तथा प्रोभिजनका लागि ४२ करोड ४२ लाख रुपैयाँ खर्च गरेपछि आयकर घटाएर उक्त नाफा कायम भएको हो।

    हाल कोषको पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ छ भने विभिन्न योजनामा जम्मा २ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ, जुन अघिल्लो वर्षको भन्दा ४२ अर्बले बढी हो।

    संकलित रकममध्ये २ खर्ब ८९ अर्ब रुपैयाँ लगानीमा परिचालन गरिएको छ, जसमा ३१ अर्ब ८२ करोड रुपैयाँ सेयर बजारमा लगानी गरिएको छ।

    कोषको प्रतिशेयर आम्दानी १९.३४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४.२३ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय