डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

    काठमाडौँ / चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइलमा ठुलो लगानी गर्ने घोषणा गरेको छ । जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरूप यो लगानी छ।

    images
    images

    डोङफेङ र VOYAH बीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले VOYAH मा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ ।

    यसले VOYAH लाई EV स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ। पुँजी वृद्धि सम्झौतापछि ख्इथ्ब्ज् अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। 

    लगानीपछि डोङफेङ मोटर ग्रुपले VOYAH को ७९.६९५ स्वामित्व पाउनेछ। DFAM को ३.३०५ हिस्सा हुनेछ र बाँकी १७.०१५ अरू सेयरधनीले राख्नेछन् ।

    यसरी डोङफेङले ख्इथ्ब्ज् मा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ। ख्इथ्ब्ज्, डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो ।

    स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको VOYAH ले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ । 

    विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण VOYAH, डोङफेङको भविष्यको योजनामा महत्त्वपूर्ण हिस्सा हुनेछ ।

    यो नयाँ लगानीले VOYAH लाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ। नयाँ पूँजीलाई अनुसन्धान र विकास (R&D), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ। 

    यसले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ ।

    डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो ।

    डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रीन मोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ। 

    ख्इथ्ब्ज् मा गरिएको हालको यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो ।

    पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रुत गतिमा परिवर्तन हुँदै आएको छ। ग्राहकहरू वातावरणमैत्री गाडी रोज्न थालेका छन् र विभिन्न सरकारहरूका नीति नियमहरूले पनि यसलाई समर्थन गरेका छन्। 

    डोङफेङजस्ता ठूला कम्पनीहरूले भविष्यको आवश्यकता अनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन् । यो नयाँ पूँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्नेछ।

    यो लगानीले डोङफेङको VOYAH माथिको भरोसा र यस ब्रान्डले भविष्यमा विद्युतीय यातायातमा प्रमुख स्थान हासिल गर्ने विश्वासलाई देखाउँछ। VOYAH को विकास र वित्तीय सहयोगसँगै, उपभोक्ताहरूले निकट भविष्यमा अझ स्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारीसाधनको अपेक्षा गर्न सक्छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय