नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धनबारे छलफल

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धनबारे छलफल

मंगलवार, साउन २७ २०८२
मंगलवार, साउन २७ २०८२
  • नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धनबारे छलफल

    काठमाडौँ / नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्स बीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । 

    images
    images

    आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेनेबिच द्विपक्षीय छलफल भएको हो । 

    स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवर्द्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान र थप विषयमा कुराकानी गरेका हुन् । 

    उक्त अवशरमा डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आईआरजीडीडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिती रहेको थियो । आईआरजीडीडी नेपालमा रहेको एक स्वतन्त्र, गैर-पक्षीय, र गैर-नाफामुखी थिंक ट्याङ्क हो ।

    यो संस्थ बृहत रूपमा विश्वव्यापी मामिलाको विश्लेषण र रणनीतिक सल्लाह मार्फत नवप्रवर्तनलाई बढावा दिन समर्पित रहेको छ । यसले सरोकारवालाहरूलाई सशक्त बनाउन मद्दत गर्दछ । 

    साथै, आईआरजीडीडीले विविध विशेषज्ञता, वास्तविक–विश्व अनुभव, नीति विकास, सार्वजनिक मामिला अन्तदृष्टि, कठोर वैज्ञानिक अनुसन्धान र प्रभावकारी रणनीतिक व्यवस्थापनलाई प्रभावकारी समाधानहरू प्रदान गर्न एकीकृत रूपमा काम गर्दछ । 

    स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हितको प्रतिनिधित्व, प्रवद्र्धन र रक्षा गर्ने सार्वजनिक ९सरकारी० संस्था हो ।

     यसले स्पेन भित्र र अन्तर्राष्ट्रिय रूपमा चेम्बर अफ कमर्सको नेटवर्कको समन्वय र प्रतिनिधित्व पनि गर्दछ । उक्त संस्थाले स्पेन र विदेशमा व्यवसायहरूबिच सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय