पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : राजदूत पाउलिनिच

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : राजदूत पाउलिनिच

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : राजदूत पाउलिनिच

    काठमाडौँ / पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या-पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरूलाई समेत प्रेरणा मिलेको बताएका छन् ।

    images
    images

    पेरु गणतन्त्रको २०४ औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रसंशा गरे ।

    “हामी जलविद्युत, दिगो पर्वतीय विकास तथा इको–पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौँ,” राजदूत पाउलिनिचले  भने,  “जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।”

    नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ ।

    आफूहरू कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।  

    कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि  महत्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    “नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौँ,” उनले भने, “दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न म आफ्नो ऊर्जा केन्द्रित गर्नेछु ।”

    कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कुटनीतिक र सामाजिक क्षेत्रका प्रवुद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो । पेरु गणतन्त्रका स्थानीय परिकार तथा भेषभुषाको प्रदर्शनी गरिएको कार्यक्रम मेरियट होटलमा आयोजना गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय