समिप आचार्यको शब्द तथा सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

समिप आचार्यको शब्द तथा सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • समिप आचार्यको शब्द तथा सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

    काठमाडौँ  / नेपाली आधुनिक संगीतको क्षेत्रले एक नयाँ भावनात्मक प्रेम समेटिएको मौलिक सिर्जना सार्वजनिक गरिएको छ । समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार पारिएको गीत ‘भो यो माया’  सार्वजनिक गरिएको छ। 

    images
    images

    गीतमा गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वर सुन्न पाइन्छ, जसले गीतलाई भावनात्मक र मन छुने बनाएको छ । 

    गीत ‘भो यो माया’ले नेपाली संगीतमा आधुनिकता र परम्पराको समायोजन गर्दै नयाँ स्वाद ल्याएको छ। सर्जक समिप आचार्यको सिर्जनामा समेटिएको सरल तर गहिरो भावले गीतलाई गहन बनाएको छ।  

    गायक नारायण सुवेदीको सुमुधुर स्वर र मौलिक संगीत संयोजनले यो सिर्जनालाई आम श्रोतामाझ लोकप्रिय बनाउने विश्वास गरिएको छ । 

    गीतको एरेञ्ज उदय राज पौडेलले गरेका हुन् भने मिक्सिङ र मास्टरिङको काम किशोर थापाले सम्हालेका छन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। 

    नेपाली मौलिक वाद्यबाधनलाईको उत्कृष्ट संयोजन गीतमा सुन्न सकिन्छ - सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीके को विशेष योगदान रहेको छ।

    कर्ण बहादुर खड्काको छायाँकन , सुन्दर क्षेत्रीको सम्पादन तथा मिना बुढाथोकी सावित्रीको निर्देशनमा भिडियो लाई तयार गरएको हो । गीतसँगै सार्वजनिक भएको म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाको अभिनय देख्न सकिन्छ ।  

    भिडियोमा उनीहरूले प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरेका छन्। सशक्त अभिनय, आकर्षक छायांकन र भावनासँग मेल खाने सम्पादनले भिडियोको स्तर उच्च बनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय