नयाँ फोर्थिङ फ्राइडे बजारमा, कति छ प्रारम्भिक मूल्य ?

नयाँ फोर्थिङ फ्राइडे बजारमा, कति छ प्रारम्भिक मूल्य ?

आइतवार, साउन २५ २०८२
आइतवार, साउन २५ २०८२
  • नयाँ फोर्थिङ फ्राइडे बजारमा, कति छ प्रारम्भिक मूल्य ?

    काठमाडौँ / नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’लाई नेपाली बजारमा उपलब्ध छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्त्वपूर्ण कदम रहेको कम्पनीको दावी छ । 

    images
    images

    फोर्थिङको पहिलो मोडेल, फ्राइडे इभि, नेपालमा २०८२ साउन २ गते ९अगस्ट ६० का दिन राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो ।

    यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको हो। 

    विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयुभी, फ्राइडे इभिको सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ।

    यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ। फ्राइडे इभि दुई भेरियन्टमा उपलब्ध छ - लक्जरी र एक्सक्लुसिभ - जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख छ। 

    नाइमाको विशेष अफर अन्तर्गत, फोर्थिङले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो बीमा प्रदान गर्दैछ। यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सक्नेछन्।

    शहरका सडकहरू र सप्ताहन्तको यात्राका लागि उपयुक्त, फ्राइडे इभिमा ६४।४पध्ज ब्याट्री र ९९ किलोवाट मोटर छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ। 

    forhing ev.JPG

    साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सिट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँछ र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ, जसले सहजता थपेको छ। 

    फोर्थिङ फ्राइडे इभिले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम स्तरका सुविधाहरू र NAIMA को विशेष अफर पनि उपलब्ध गराउँछ। यी सबै कुराले फोर्थिङ फ्राइडे इभिलाई नेपाली बजारमा आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी मूल्यवान र किफायती विकल्प बनाएको छ - जहाँ विलासिता, शक्तिशाली प्रदर्शन र नयाँ प्रविधि प्रतिस्पर्धीहरू भन्दा सस्तो मूल्यमा उपलब्ध छ।

    फोर्थिङसँग सहकार्यगर्दै, लक्ष्मी ई-मोबिलिटीले नेपाली बजारमा अत्याधुनिक र वातावरणमैत्री सवारी समाधानहरू पुर्याउने आफ्नो प्रतिबद्धता थप प्रगाढ बनाएको छ। कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको भविष्य निर्माणमा अग्रणी भूमिका खेल्न निरन्तर काम गरिरहेको छ।

    लक्ष्मी ई-मोबिलिटीसँगै नाइमा २०२५ मा सहभागी हुनुहोस्, जुन श्रावण २६, २०८२, सोमबारसम्म चल्नेछ, स्टल ‘ए’ फोरमा फोर्थिङको मुख्य प्रस्तुतिसँगै नेपालमा विद्युतीय सवारीसाधनको भविष्य देख्न पाउनुहोस्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय