काठमाडौँ / रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरू मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् । साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले सेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाइजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।